Home मुख्य समाचार कांग्रेस बागमती प्रदेशले घोषणापत्र तयारी समिति बनायो, महामन्त्री बादे संयोजक

कांग्रेस बागमती प्रदेशले घोषणापत्र तयारी समिति बनायो, महामन्त्री बादे संयोजक

तस्बिर गुगल

हेटौंडाः सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेश समितिले आशन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको व्यवस्था बमोजिम प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र मूख्यसचिव राजु नेपाल सदस्य–सचिव रहनेगरी घोषणापत्र तयारी समिति गठन गरिएको छ । सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीको काम अघि थाल्न निर्देशन दिनुभएको मूख्यसचिव नेपालले जानकारी दिनुभयो । समितिले विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरी यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्नेसमेत संयोजक बादेले जानकारी दिनुभयो ।

Exit mobile version