Home मुख्य समाचार छवि अनित्यको “शिक्षकको भाषा” विमोचन

छवि अनित्यको “शिक्षकको भाषा” विमोचन

पुस्तक विमोचन गर्दै अतिथिहरु ।

हेटौंडाः साहित्यकार छवि अनित्यको “शिक्षकको भाषा” निबन्ध कृति विमोचन गरिएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो ।

“शिक्षकको भाषा” पुस्तक सम्पादन गर्नुभएका दीपक गौतमले पुस्तकमा समेटिएको विषयबारे कार्यक्रममा जानकारी गराउनुभयो । शिक्षकको प्रस्तुती कस्तो हुनुपर्छ ? अहिलेको समयमा कस्तो शिक्षा अब्बल हुन सक्छ ? शिक्षण संस्थालाई हामीले कसरी अगाडी लैजान सक्छौँ ? भन्ने कोणबाट पुस्तक लेखिएको उहाँले बताउनुभयो । संस्थागत र सामुदायिक शिक्षा क्षेत्रको अनुभव बोकेका अनित्यले आफुले शिक्षा क्षेत्रमा भोगेका यर्थाथ कुरा पुस्तकमार्फत् प्रष्ट्याउन खोजेको उहाँको भनाई छ । पुस्तक १३ शिर्षकमा विभक्त गरिएको जनाइएको छ ।

दुई दशकको शिक्षण पेशाबाट रचनात्मक काममा कलम चलाउनुभएका अनित्यको यस अघि दुई वटा कृतिहरु प्रकाशन भइसकेको छ । अनित्यको “हल्ला” र “तुइनको बाटो” यस अघिका कृतिहरु हुन् । आकृती क्रियशनले प्रकाशन गरेको पुस्तक अहिले ३ हजार थान प्रकाशन गरिएको जनाइएको छ ।

पुस्तक विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामा, बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीबहादुर पाठक, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेश हुमागाई, राष्ट्रिय शिक्षक संघ मकवानपुरका अध्यक्ष राजु गौतम, बागमती गाउँपालिका शिक्षा शाखा अधिकृत रमेश बिडारी लगायतले मन्तव्य राखेका थिए ।

Exit mobile version