हेटौंडाः प्रहरीले घरमा लागुऔषध गाँजा लुकाउने २ जनालाई बिहीबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा वडा नम्बर १५ कमाने बस्ने ५६ वर्षीय मंगल सिंह बम्जनलाई सुरक्षा जाँच गर्ने क्रममा बम्जनले आफ्नो घरमा लकुाई छिपाई राखेको अबस्थामा ५ किलो २०० ग्राम लागुऔषध गाँजा फेला पारेको थियो ।
यस्तै, बिहीबार नै दिउँसो १ बजेको समयमा सोही स्थानबाट २९ वर्षीय कृष्ण थिङलाई सुरक्षाजाँच गर्ने क्रममा थिङले घरमा लकुाई छिपाई राखेको अबस्थामा लागुऔषध गाँजा ५ सय ग्राम फेला पारेको थियो । उक्त लागु औषधसहित बम्जम र थिङलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
