Home मुख्य समाचार विश्व रेन्जर दिवसमा हेटौंडामा हरित शान्त पदयात्रा

विश्व रेन्जर दिवसमा हेटौंडामा हरित शान्त पदयात्रा

बुद्धचोकमा प्लेकार्ड प्रदर्शन गर्दै विद्यार्थीहरु ।

हेटौंडाः विश्व रेन्जर दिवसमा हेटौंडास्थित वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आइतबार हरित शान्त पदयात्राको आयोजना गरेको छ । हेटौंडा–१० स्थित क्याम्पस परिसरबाट सुरु भएको पदयात्रा हेटौंडाको मुख्यचोक बुद्धचोकमा पुगेर समापन गरिएको थियो ।

बुद्धचोक पुगेर केही समय वन र वन्यजन्तु संरक्षणसम्बन्धी सचेतनामूलक प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो । वन र वन्य जीवनको संरक्षणमा लड्ने र प्रकृतिका लागि जीवन समर्पित गर्नेका लागि सम्मान रहेको वन विज्ञान विषयका विद्यार्थी सुजन खतिवडाले बताउनुभयो । विद्यार्थीहरुले हातमा हरियो कपडा बाँधेर र फेस पेन्ट गरेर पदयात्रामा सहभागी भएका थिए ।

पदयात्रामा स्नातक तह प्रथम वर्षका विद्यार्थीदेखि स्नात्तकोत्तर तहसम्मका विद्यार्थी सहभागी थिए । हेटौंडामा त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक र स्नात्तकोत्तर तहमा वन विज्ञान विषय अध्यापन गराउँदै आएको छ ।

Exit mobile version