हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट एसईईमा सहभागी १८ जना विद्यार्थी पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् । एसईईको मूल्यांकनमा पहिलो श्रेणीकोरुपमा ३.६५ जीपीए भन्दा बढी प्राप्ताङ्क हासिल गर्ने विद्यार्थी १८ जना रहेको विद्यालयका परीक्षा संयोजक कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
२०७८ सालको एसईईमा आधुनिक राष्ट्रिय माविबाट ३ सय ३८ जना विद्यार्थी सहभागी थिए । आधुनिकबाट ऋषि यादवले सबैभन्दा बढी ३.९० जीपीए प्राप्त गर्दा २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ५१ रहेको छ । यस्तै २.४५ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हुँदा २.०५ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ६ जना रहेको परीक्षा संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
