Home मुख्य समाचार मकवानपुरको प्रहरी प्रमुखमा वामदेव गौतम

मकवानपुरको प्रहरी प्रमुखमा वामदेव गौतम

प्रहरी उपरीक्षक वामदेव गौतम

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक वामदेव गौतमले सम्हाल्नुहुने भएको छ । गौतम मकवानपुरको प्रहरी प्रमुखमा काज सरुवा भएर आउन लाग्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका सुरेन्द्रबहादुर गुरुङ वरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएर सरुवा भएसँगै मकवानपुरका प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त पदमा प्रहरी प्रवक्ता कार्कीले जिम्मेवारी लिइरहनुभएको छ ।

Exit mobile version