Home मुख्य समाचार १३१ किलो लागुऔषधसहित एकजना पक्राउ

१३१ किलो लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित पक्राउ परेका रुम्बा ।

हेटौंडाः भीमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाले आफ्नो घरमा तयारी अवस्थामा लुकाई छिपाई राखेको १ सय ३१ किलो लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोनम सिं रुम्वालाई हेटौंडा १० बासपार्कबाट फेला पारी लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।

शनिबार साँझ ५ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले रुम्बालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका रुम्बाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Exit mobile version