Home मुख्य समाचार सही सूचना सम्प्रेषण गर्नुस्ः गगन थापा

सही सूचना सम्प्रेषण गर्नुस्ः गगन थापा

हेटौंडाः नेपाल प्रेस युनियनको शुक्रबार हेटौंडामा सुरु भएको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेस युनियनकर्मीलाई सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार पत्रकारले सत्य, तथ्य समाचार सम्प्रेषण गरेन भने जनतामा भ्रम फैलिएर सर्वसाधारणलाई उत्तेजित र आक्रोशित बनाउँछ ।

उहाँले भन्नुभयो, “पत्रकारसँग सरकारको पनि अपेक्षा रहेको छ । सरकारले गरेको काम र छलफलमा भएका विषयहरु सही ढंगबाट पत्रकारले सूचना सम्प्रेषण गर्नुपर्छ । जनताले समयमा नै सत्य, तथ्य सूचना प्राप्त गर्न पाउनुपर्छ ।” राजनीतिक विचारसँग जोडिएको भएर प्रेस युनियनकर्मीहरुलाई समय समयमा दोहोरो भूमिका निर्वाह गर्नुपरेको उहाँको भनाई छ । राजनीतिक विचारसँगै खरो रुपमा संचारकर्मीको धर्म निर्वाह गरिरहेकोमा उहाँले प्रेस युनियनका पत्रकारहरुको प्रशंसा गर्नुभयो । युनियनकर्मीहरुले लोकतन्त्र प्रतिको आस्थासँगै संचारकर्मीको धर्म पनि निर्वाह गरिरहेको उहाँको भनाई छ ।

Exit mobile version