हेटौंडाः दारी ग्याङ हेटौडा र परोपकारी युवा सञ्जाल नेपालको सहकार्यमा मकवानपुरगढी गाउँपालिका–१, लेनडाँडामा रहेको लेनडाँडा प्राविका ४० जना विद्यार्थीलाई कापी, कलम, इरेजर, पानी खाने बोतल, टिफिन बक्स, एकएक जोर ट्रयाक सुट वितरण गरेको छ । शनिबार विद्यालयमा पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कलाकारहरु कामेश्वर चौरसिया, रिवाज आचार्यको पनि उपस्थिति रहेको थियो । परोपकार युवा सञ्जालका रमेश सापकोटा तथा दारी ग्याङ हेटौडाका सदस्यहरु उपस्थित भएका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर भुलन, विद्यालयका प्रध्यानाध्यापक सकुन्तला गिरी लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।
