Home मुख्य समाचार आज हरिशयनी एकादशी

आज हरिशयनी एकादशी

हेटौंडाः असार शुक्ल एकादशीका अवसरमा आज आईतबार घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आज बिहान सबेरै उठेर सरसफाई गरी तुलसीको बिरुवा रोपेर पुँजापाठ गरिन्छ ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ ।

Exit mobile version