Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुँदै

बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुँदै

हेटौंडाः बागमती प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलका नेता एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सरकार परिवर्तन हुने बताउनु भएको छ । सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार प्रदेशमा आफुले नेतृत्व लिने उहाँले बताउनु भएको छ ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै बानियाँले सरकार परिवर्तनको लागि गठबन्धन भित्रको सहमतिको प्रक्रिया थालनी भएको बताउनुुभयो । गठबन्धन भित्रको सहमतिको प्रक्रिया मिलाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको बानियाँको भनाई छ । सत्तारूढ गठबन्धनको सहमति अनुसार चुनावी नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने रहेको थियो । उक्त समझदारीमा नेकपा एकीकृत समाजवादी नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।

पाण्डे गएको कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी सत्तरुढ गठबन्धन दलकोे समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । पाण्डे माओवादीबाट २३, कांग्रेसबाट २२, नेकपा एसबाट १३ र जसपाबाट एकसहित ५९ सांसदको समर्थनबाट मुख्यमन्त्री बन्नु भएको थियो ।

Exit mobile version