Home मुख्य समाचार मकवानपुरमा ३० विद्यालयमा प्रयोगशालाका लागि बजेटः केही विद्यालयले सूचना लुकाएको आशंका

मकवानपुरमा ३० विद्यालयमा प्रयोगशालाका लागि बजेटः केही विद्यालयले सूचना लुकाएको आशंका

हेटौंडाः बागमती प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा मकवानपुरमा ३० विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला र विषयगत प्रयोगशाला स्थापना हुँदैछ । मकवानपुरका २५ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र ५ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना हुनेछ । मकवानपुर जिल्लामा प्रयोगशाला स्थापनाका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयसँग सम्झौता गरेका केही विद्यालयले सूचना लुकाएर खरिद प्रक्रियामा अनियमितता गरेको आशंका गरिएको छ ।

प्रदेश सरकारले विज्ञान प्रयोगशाला स्थापना गर्न प्रतिविद्यालय १२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ भने सूचना प्रविधि प्रयोगशालाका लागि प्रतिविद्यालय १५ लाख रुपैयाँ प्रदान गर्नेछ । खरिद प्रक्रियामा अनियमितता भएको आशंकाको विषयमा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले आवश्यक अध्ययन, अनुसन्धान गरिने बताउनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–२, राईगाउँस्थित बागमती माध्यामिक विद्यालय, मकवानपुरगढी गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, ईन्द्रसरोवर गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय, मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय, कैलाश गाउँपालिका–३, कटुन्जेस्थित भवानी माध्यमिक विद्यालय, मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ मावि, बकैया गाउँपालिका–५ स्थित प्रभात मावि, भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय मावि, मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरस्थित रुपनारायण मावि, हेटौंडा–३, लेवटस्थित बाल उज्ज्वल मावि, हेटौंडा–१८, हर्नामाडीस्थित गोरक्षनाथ मावि, हेटौंडा–४, कर्रास्थित श्रमिक मावि, हेटौंडा–६, चौघडास्थित वंशगोपाल मावि, ईन्द्रसरोवर गाउँपालिका–५, चखेलस्थित कालीदेवी माविमा सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि बजेट उपलब्ध गराइएको छ ।

यस्तै कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति मावि, बागमती गाउँपालिका–८ स्थित जनता मावि, हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन मावि, भीमफेदी–८ स्थित पञ्चकन्या मावि, बागमती–९ स्थित बाघभैरव मावि, भीमफेदी–४ स्थित बाराही मावि, भीमफेदी–५ स्थित महालक्ष्मी मावि, हेटौंडा–१३ स्थित महेन्द्र मावि, भीमफेदी–६ स्थित महेन्द्र मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र मकवानपुरगढी–५ स्थित शारदा माविलाई पनि सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि बजेट उपलब्ध गराइने भएको छ ।

यस्तै विज्ञान प्रयोगशालाअन्तर्गत ईन्द्रसरोवर–२ स्थित पञ्चकन्या मावि, थाहा नगरपालिका–६ स्थित बज्रबाराही मावि, बकैया–९ स्थित बाघभैरव मावि, भीमफेदी–७ स्थित मावि कोगटे र ईन्द्रसरोवर–५ स्थित महाचुनी माविलाई बजेट उपलब्ध गराइँदैछ ।

Exit mobile version