Home मुख्य समाचार विद्यार्थीलाई सहयोग गरेर विदा भए थापा

विद्यार्थीलाई सहयोग गरेर विदा भए थापा

विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै बिक्रम थापा ।

हेटौंडाः अनिवार्य अवकास पाउनुभएका मकवानपुरको बागमती गाउँपालिका–५ स्थित देवकी माविका शिक्षक बिक्रम थापाले आफू विद्यालयबाट विदाई हुँदै गर्दा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । ६० वर्ष पूरा भएर सोमबारदेखि अनिवार्य अवकास हुनुभएका थापाले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

देवकी माविमा ३३ वर्ष ९ महिना अध्यापन गराउनुभएका शिक्षक थापाले ११ जना विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोशाक र १० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको देवकी माविका प्रधानाध्यपक चन्द्र थापाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त बहादुर थिङको अध्यक्षतामा भएको विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका नवनिर्वाचित सदस्य एवम विद्यालयका पूर्व प्रधानाध्यापक खड्क बहादुर पुलामी लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version