Home मुख्य समाचार हत्या गरेर फरार भएका साह पक्राउ

हत्या गरेर फरार भएका साह पक्राउ

हत्या अभियोगमा पक्राउ परेका साह ।

हेटौंडाः हत्या गरेर फरार भएको एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते राती साढे ८ बजेको समयमा कलैया–९ का ३१ वर्षीय बजरंगी साह तुरहालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जेठ २६ गते दिउँसो ३ बजेको समयमा बारा जिल्ला कलैया उपमहानगरपालिका–९ स्थित फुल महमद मियाँ धुनियाको आँप बगैचामा रहेको फुसको छाप्रो घरमा बस्ने ७२ वर्षको अहमद मियाँ चुडिहारको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाने क्रममा साहले मृतकसँग भएको मोवाईल तथा केही नगद रूपैयाँ समेत खोसी फरार भएको भनी प्रहरी चौकीमा उजुरी परेको थियो ।

उजुरीको आधारमा अनुुसन्धानको क्रममा साहलाई खोजतलास गर्दा मृतकले प्रयोग गर्ने मोबाइल सेटसहित पक्राउ गरेको हो । पक्राउ परेका साहलाई ज्यानसम्बन्धी (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Exit mobile version