Home मुख्य समाचार प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश

प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश

फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको मंगलबार बसेको बैठकमा ५ वटा वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७८/७९ सभा पेश गर्नु भएको छ । प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति केशव प्रसाद पोखरेल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको छ । भोली बुधबार दिउँसो ४ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

Exit mobile version