Home मुख्य समाचार आज प्रदेश सभा बैठक बस्दै

आज प्रदेश सभा बैठक बस्दै

हेटौंडाः बागमति प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेल, अर्थ विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति केशव प्रसाद पोखरेल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

बागमति प्रदेश सभाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम गत जेठ १९ गते पास गरेको थियो । यस्तै, बागमति प्रदेश सरकारले प्रदेशको बजेट भोली बुधबार ल्याउने कार्यक्रम रहेको छ ।

Exit mobile version