हेटौंडाः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल हेटौंडा आइपुग्नुभएको छ । दुबैजना आइतबार साँझ हेटौंडा आइपुग्नुभएको हो ।
संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन साह र डंगोल हेटौंडा आइपुग्नुभएको हो । सोमबार र मंगलबार दुईदिन अभिमुखीकरण कार्यक्रम चल्नेछ ।
हेटौंडा–२ स्थित होटल एभोकाडोमा अभिमुखीकरण कार्यक्रम हुनेछ । अभिमुखीकरणमा सहभागी हुन आउने अधिकांश पाहुना एभोकाडो होटलमै बस्नु भएको छ । बालेन र सुनिता पनि एभोकाडोमै बस्नुभएको बागमती प्रदेश सरकारका एक सचिवले जानकारी दिनुभयो ।