Home मुख्य समाचार मकवानपुरे समाजको अध्यक्षमा अरुण गुरुङ

मकवानपुरे समाजको अध्यक्षमा अरुण गुरुङ

हेटौंडाः मकवानपुरे समाज काठमाडौंको अध्यक्षमा अरुण कुमार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न समाजको दोस्रो वार्षिक साधारण सभाबाट गुरुङ अध्यक्षमा चयन हुनुभएको हो ।

साधारण सभाले उपाध्यक्षमा दिपक कार्की, केशव अधिकारी र दिलिप श्रेष्ठलाई चयन गरेको छ । यस्तै, महासचिवमा जीवन कुमार बस्नेत, सचिवमा बिधान रिजाल, कोषाध्यक्षमा राजेश कुमार थापा निर्वाचित हुनुभएको छ । सदस्यमा सरिता कार्की, जुनु श्रेष्ठ, मनोज अधिकारी, हरेराम कार्की, सविना गौतम सहितमा १५ सदस्ययी कार्यसमिती चयन भएको मकवानपुरे समाजका नवनिर्वाचित अध्यक्ष अरुणकुमार गुरुङले जानकारी दिनुभयो ।

२०७५ सालमा स्थापना भएको संस्थामा हाल ४५० सदस्य रहेका छन् भने १६ जना आजीवन सहस्य रहेका छन् । साधारण सभामा हेटौंडा रिसोर्ट, प्राध्यापक डा. गोपाल रमण शर्मा, समाजसेवी तथा उद्योग व्यवसायी बिनोद कुमार श्रेष्ठ, समाजसेवी प्रदीप जमरकट्टेल, सहयोगीहरु प्रविनमान श्रेष्ठ, कृष्णमुरारी श्रेष्ठ, बिधान रिजाल, सरिता कार्की, लेखा परीक्षक उमेश पण्डितलाई सम्मान गरेको छ ।

Exit mobile version