Home मुख्य समाचार हेटौंडा ११ मा पहिलो महिला वडा अध्यक्ष

हेटौंडा ११ मा पहिलो महिला वडा अध्यक्ष

हेटौंडाः हेटौंडा वडा नम्बर ११ मा हेटौंडा उपमहानगरपालिका कै पहिलो महिला वडा अध्यक्ष निर्वाचित भएको छ । हेटौंडा ११ मा नेकपा एमालेको उम्मेदवार जुना दाहाल वडा अध्यक्षमा विजयी हुनु भएको हो । दाहाल १ हजार ५ सय १४ मतसहित वडा अध्यक्षमा विजयी हुनु भएको छ ।

अर्का अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका मधु कुमार थापा मगरले १ हजार ७९, स्वतन्त्रका अक्कल बहादुर रोक्काले ६ सय ९३ र राप्रपाका राधाकृष्ण बजगाईले १ सय ७९ मत प्राप्त गरेका छन् । वडा सदस्यमा नेपाली कांग्रेसका संजय विडारी(१५२७) र विकास नेपाल(१४९०) विजयी भएका छन् । यस्तै, महिला सदस्यमा नेकपा एमालेकी गोपिनी सापकोटा(१५०३) र दलित महिला सदस्यमा गीता सुनार(१४६४) विजयी भएका हुन् ।

Exit mobile version