Home मुख्य समाचार मकवानपुरको पहिलो नतीजा, इन्द्रसरोवर १ मा कांग्रेसका सुवास विजयी

मकवानपुरको पहिलो नतीजा, इन्द्रसरोवर १ मा कांग्रेसका सुवास विजयी

हेटौंडाः स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपािलकाको वडा अध्यक्षमा सुवास थापा मगर विजयी भएका छन् । शनिबार बिहान सम्पन्न १ नम्बर वडाको मतगणनाअनुसार ७ सय ५३ मतसहित वडा अध्यक्षमा सुवास विजयी भएका हुन् ।

ईन्द्रसरोवर गाउँपालिकाका निर्वाचन अधिकृत मुरारी वस्तीका अनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५ सय ३४ मत पाएका छन् । वडा सदस्यमा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

Exit mobile version