हेटौंडाः वर्षाको कारण मकवानपुर जिल्लाको केही स्थानमा मतदान कार्यक्रम प्रभावित भएको छ । बागमति प्रदेश निर्वाचन आयोगका प्रमुख लम्बुनाथ पाखरेलले उहाँका अनुसार ईन्द्रसरोबर गाउँपालिकामा पानीको कारण मतदान डेढ घण्टा मतदान कार्यक्रम स्थगित गरिएको थियो ।
यस्तै, मनहरी गाउँपालिकामा पानिको कारण केही समय मतदान स्थागित भएको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा परेको वर्षाको कारण मतदान केही समयमा प्रभावित भएको छ । निर्वाचनलाई व्यवस्थित रुपमा संचालन गर्न निर्वाचन कार्यालयले काम गरिरहेको उहाले बताउनुभयो । हालसम्म जिल्लामा स्वच्छ, मर्यादित रुपमा मतदान कार्यक्रम भईरहेको उहाँले जानकारी दिनुभयो । साढे १ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको बताईएको छ ।
