हेटौंडाः शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि मतदाता परिचय पत्र वितरण सुरु भएको छ । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको हो ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । मकवानपुरमा आज सुरुको दिन मतदाता परिचय पत्र लिन आउनेहरुको भीडभाड देखिएको छ । आ–आफ्ना सक्कली नागरिकता लिएर मतदाता परिचय पत्र लिन सकिनेछ । आज लिन नभ्याउनेले भोलि पनि परिचय पत्र लिन पाउनेछन् । मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । मकवानपुरमा रहेका एकसय ६५ वटा मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण भईरहेको बागमति प्रदेश निर्वाचन आयोगका प्रमुख लम्ुबनाथ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण भईरहेको छ ।











