Home मुख्य समाचार मदिराजन्य पदार्थ विक्रि तथा सेवनमा प्रतिबन्ध

मदिराजन्य पदार्थ विक्रि तथा सेवनमा प्रतिबन्ध

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म जिल्लामा मदिराजन्य पदार्थ विक्रि तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । प्रशासनले ३ बुँदे निर्देशन सहित सोमबार सूचना सार्वजनिक गरेको छ ।

यस्तै, मतगणनास्थलको ५ सय मिटरको आसपासको क्षेत्रमा मतगणना सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको विक्रि वितरण तथा सेवन पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेको छ । निर्वाचनको दिन बैशाख ३० गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारीसाधन बाहेक सम्पूर्ण नीति तथा सार्वजनिक यातायातको साधनहरु संचालन नगर्ने, नगराउन निर्देशन गरिएको हो । सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमको गतिविधि भएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Exit mobile version