Home मुख्य समाचार शैक्षिक सत्र २०७८ कै शूल्क लिन उपमहानगरको निर्देशन, अनुगमन गर्न कर्मचारी छैनः...

शैक्षिक सत्र २०७८ कै शूल्क लिन उपमहानगरको निर्देशन, अनुगमन गर्न कर्मचारी छैनः शिक्षा महाशाखा प्रमुख रिमाल

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले निजी विद्यालयलाई नयाँ शैक्षिक सत्र २०७९ मा शैक्षिक सत्र २०७८ कै शूल्क लिन निर्देशन दिएको छ । निजी विद्यालयहरुले प्रस्ताव गरेको शिक्षण शूल्कका बारेमा आवश्यक निर्णय गर्न नगर कार्यपालिकाको बैठक बस्न सक्ने अवस्था नभएकोले साविककै शूल्क लिन उपमहानगरपालिकाले निर्देशन दिएको हो ।

उपमहानगरपालिकाले साविककै शूल्क लिन निर्देशन दिए पनि निजी विद्यालयहरुले नयाँ शूल्क निर्धारण गरेर भर्ना सुरु गरिसकेका छन् । साविककै शूल्क लिन विद्यालयलाई निर्देशन दिए पनि शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले भने अनुगमनका लागि कर्मचारी नभएको बताउनुभएको छ । कर्मचारी अभावकै कारण अनुगमन गर्न सकिन्न भन्ने विषयले अभिभावकलाई भने चिन्ता बढाउने भएको छ ।

Exit mobile version