Home मुख्य समाचार गठबन्धन बाध्यताले चुनावमा सरिक छः ओली

गठबन्धन बाध्यताले चुनावमा सरिक छः ओली

हेटौंडाः नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले वर्तमान ५ दलिय गठबन्धन बाध्यताले चुनावमा सरिक हुन लागेको औल्याउनुभएको छ । नेकपा एमालेले आईतबार हेटौंडामा गरेको बृहत आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय अध्यक्ष ओलीले गठबन्धन कुनै पनि हालतमा चुनाव गर्ने पक्षमा नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनले चुनाव भाड्न खोजेको छ । रोक्न खोज्छ । गठबन्धनले चुनाव हुन नदिन अनेक षड्यन्त्र खेलेको थियो । तर, यो सम्भव छैन ।” गठबन्धन एमाले भनेपछि थरर हुने धारणा राख्दै उहाँले संविधानको पालना गर्ने सरकार भएको भए फागुनमा नै स्थानीय तहको चुनाव हुने जानकारी दिनुभयो । देशको वर्तमान अवस्था, सुविधा सम्पन्न समाज र आधुनिक समाज निमार्ण हुनुमा श्रमीकहरुको बलिदान असाधारण रहेको बताउनुभयो । श्रमीकहरुको हक हितको लागि श्रमीक आन्दोलन वर्गीय आन्दोलन भएको भन्दै उहाँले श्रमीक आन्दोलनले मात्र परिवर्तन गर्न नसक्ने धारणा राख्नुभयो । श्रमीकहरुको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी एमाले मात्रै भएको उहाँले जिकिर गर्नुभयो । उहाँले नेपाली काँगे्रसले भरतपुरमा कुन चिन्हमा भोट माग्छ भनेर चिन्ता व्यक्त गर्नुभयो । बागमति प्रदेशमा एमालेको नेतृत्व हँुदा ४ हजार किलोमिटरभन्दा बढी सडक बनेको जानकारी गराउँदै उहाँले एमाले भएको ठाउमा मात्र विकास हुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारले २४ लाख भ्याक्सीन निलेको आरोप लगाउँदै उहाँले अर्वौका औजारहरु एक्सरे मेसिन अस्पताललाई नभएर चुनावको लागि खरिद गरिएको औल्याउनु भयो ।

उहाँले सरकारले देशको सम्पत्ति सिध्याउन खानका लागि १८ वटा मन्त्रालय निर्माण गरेको आरोप लगाउनु भयो । “अहिलेको सरकार खान जन्मेको । देशलाई कंगाल बनाउन जन्मेको हो । तिनीहरु सरकारमा आउने बित्तिकै १८ वटा मन्त्रालय जन्मियो । अहिले नखाए कहिले खाने भन्ने सोच वर्तमान सरकारमा छ ।” उहाँले थप्नुभयो, “हाम्रो दबाबले निर्वाचन आयोग पनि कानुनमा अडिएको भएर मात्र निर्वाचन हुन थालेको हो ।” काँग्रेसको देश बनाउने कुनै निति नभएको भन्दै उहाँले एमालेलाई गाली गरेर समय खर्चिने बताउनुभयो । स्थानीय निकायको निर्वाचनको लडाइ नेपाल जोगाउने चुनाव भएको स्पष्ट पार्नुभयो । गठबन्धन एमालेसँग त्रसित, आतकिंत रहेको भन्दै उहाँले मिलेर पनि एमालेलाई जित्न नसक्ने अडान लिनुभयो । गठबन्धनलाइ राष्टघातीको संज्ञा दिँदै देश विरोधी सबै आएपनि नेकपा एमालेले जित्ने दाबी गर्नुभयो ।

उहाँले नेकपा एमालेले जनताको भोट र जनताको आर्शिवादले चुनाव जित्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेले कुनै पनि हालतमा देशव्यापी रुपमा जित्ने र पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभयो । गठबन्धन पार्टी नभएको दाबी गर्दै उहाँले सरकार बनाउने हैसियत अरु पार्टीमा नभएको धारणा राख्नुभयो । कार्यक्रममा निर्वाचनको लागि तयार गरिएको पुस्तक विमोचन गरिएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रिय सदस्य रामेश्वर राना लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

Exit mobile version