Home मुख्य समाचार इन्द्रसरोवरको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाको मनोनयन दर्ता

इन्द्रसरोवरको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाको मनोनयन दर्ता

हेटौंडाः स्थानीय तह निर्वाचन २०७९ मा इन्द्ररोवर गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जनाले र उपाध्यक्ष पदका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ता अवधिमा आईतबार र सोमबार अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुले निर्वाचन अधिकृतको कार्यालय ईन्द्रसरोबरमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीबाट वडा नम्बर–५ का जीवन लामा, जनता समाजवादीबाट देव कुमार लामा, नेकपा एमालेबाट देवकृष्ण पुडासैेनी, कांग्रेसबाट विश्वलाल लामा र राप्रपाबाट सुक बहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट उमा कुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा र जसपा नेपालबाट रस्मिला घिसिङले मनोनयन दर्ता गराएका हुन् । इन्द्रसरोवर–४ का कुन्साङ लामा र वडा नम्बर ३ का दीपक बहादुर ठकुरीले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कमल बहादुर घिसिङ उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

इन्द्रसरोवर-१ वडाध्यक्ष जसपाबाट तारा दोङ, नेकपा एमालेबाट राजु बस्नेत, सानु लामा नेकपा मा.केबाट, सुबास थापामगर नेपाली कांग्रेसबाट मनोनयन गर्दा गराएका हुन् । यस्तै, २ को वडाध्यक्ष पदमा धन सिंह रुम्मा नेकपा मा.केबाट, विरेन्द्र गोले जसपाबाट, बैकुण्ठ थापामगर नेकपा एमालेबाट, रत्न थापामगर स्वतन्त्रबाट, सुमन श्रेष्ठ नेकाबाट उम्मेदवारी गराएका छन् । ३ का वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पुरी, प्रताप भोम्जन नेकपा एमालेबाट र राजन कुमार ठकुरी स्वतन्त्र मनोनयन दता गराएका हुन् । ४ का वडाध्यक्ष पदका लागि नेकपा एमालेबाट चन्द्र कुमार बल, जसपाबाट धनबहादुर वाईबा, नेकपा माओवादी केन्द्रबाट विष्णु बहादुर डिम्डुङ र सिंह बहादुर लामाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै, नेपाली कांग्रेसबाट दुतराज तितुङ, जसपाबाट विनोद कुमार लामा, एमालेबाट रामकृष्ण कार्की र माओवादी केन्द्रबाट रामकृष्ण डिम्डुङले मनोनयन दर्ता गराएका हुन् । यसैगरी इन्द्रसरोवर-१ वडा सदस्य पदका लागि नेकपा एमालेबाट अमृतमान थिङ, बुद्ध घिसिङ नेपाली कांग्रेसबाट, मनकृष्ण आलेमगर नेपाली कांग्रेसबाट, मानदोस वाईबा नेकपा माओवादीबाट, सरिता सुनार जसपा नेपालबाट, सानुकान्छी मुक्तान नेकपा एमालेबाट, सुन्दरमान घिसिङ जसपा नेपालबाट, श्रीमान थिङ नेकपा माओवादीबाट मनोनयन दर्ता भएका हुन् । वडा २ सदस्यमा अरुण तामाङ नेकपा एकिकृत समाजवादीबाट, किताब सिंह लामा माओवादी केन्द्रबाट, जयबहादुर घिसिङ जसपा नेपालबाट, प्रताप सिं लामा नेपाली कांग्रेसबाट, विरबहादुर घिसिङ नेकपा एमालेबाट, बुद्धिरामा लामा नेपाली कांग्रेसबाट, सुनबहादुर पाख्रिन नेकपा माओवादीबाट र सुन्दर स्याङतान नेकपा एमालेबाट मनोनयन दर्ता गराएको छ ।

३ का वडासदस्यमा प्रेम पाख्रिन नेपाली कांग्रेसबाट, बुद्धिराम डिम्डुङ नेकपा एमालेबाट, बसन्त थापामगर नेकपा एमालेबाट, सानुकान्छा दोङ नेपाली कांगे्रसबाट मनोनयन दर्ता गराएका हुन् । ४ का वडासदस्यमा आईतमान भ्लोन नेकपा एमालेबाट, डोल्मो लामा बल माओवादी केन्द्रबाट, निराजन डिम्डुङ नेकपा एमालेबाट, सानुमाया लामा जसपा नेपालबाट, हरि कुमार थापामगर माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका हुन् । ५का वडासदस्यमा इन्द्र बहादुर बलामी एकीकृत समाजवादीबाट, ईनोद कुमार लामा माओवादी केन्द्रबाट, एकन बहादुर ठकुरी एकीकृत समाजवादीबाट, महेश बलामी नेपाली कांग्रेसबाट, मुक्ति लामा जसपा नेपालबाट, राजकुमार थिङ नेकपा एमालेबाट, राम डिम्डुङ जसपा नेपालबाट, बसन्त बलामी नेकपा एमालेबाट, श्याम राज स्याङ्तान माओवादी केन्द्रबाट, ज्ञान भक्त बलामी नेपाली कांग्रेसबाट मनोनयन दर्ता गरेको हो । महिला वडा सदस्यहरुमा इन्द्रसरोवर—१ का लागि आइतीमाया डिम्डुङ माओवादी केन्द्रबाट, गोमा वाईबा नेपाली कांग्रेसबाट, चन्द्र कुमारी स्याङ्बो नेकपा एमालेबाट, सरिता घिसिङ जसपाबाट मनोनयन दर्ता गराएका छन् ।

२ को वडा सदस्यमा इन्दिरा थिङ नेपाली कांग्रेसबाट, मान कुमारी डिम्डुङ जसपाबाट, सविता दर्लामी माओवादी केन्द्रबाट, ज्ञानीमाया स्याङ्तान नेकपा एमालेबाट, ३ का वडा सदस्यमा हिरामाया मोक्तन नेकपा एमालेबाट, हिरामाया भ्लोन नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराएका हुन् । ४ का वडा सदस्यमा लक्ष्मी कुमारी रुम्बा लामा माओवादी केन्द्रबाट, सरस्वती वाईबा जसपाबाट, सानुकान्छी स्याङ्तान नेकपा एमालेबाट र ५ का वडा सदस्यमा अष्टकुमारी लामा थोकर जसपाबाट, दुर्गावती थोकर नेकपा एमालेबाट, सरिता बल एकीकृत समाजवादीबाट, सबिना कार्की नेपाली कांग्रेसबाट, विष्णुमाया थोकर माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेका छन् । दलित महिला वडा सदस्य पदहरुमा इन्द्रसरोवर-१ का लागि लक्ष्मी दमाई नेकपा एमालेबाट, २ को दिक्षा गुइदे जसपा नेपालबाट, रीता सुनार नेकपा एमालेबाट, सरला परियार नेपाली कांग्रेसबाट, ३ को मुना परियार नेपाली कांग्रेसबाट, लिला सुनार नेकपा एमालेबाट, ४ को सावित्री सुनार नेकपा एमालेबाट, ५ को नमिता दुधराज नेकपा एमालेबाट, मिना विश्वकर्मा जसपा नेपालबाट, शोभा कामी नेकपा एकीकृत समाजवादीबाट र सीतामाया दर्जी नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएको हो ।

Exit mobile version