Home मुख्य समाचार कर्मचारीको शोकमा उपमहानगरपालिकाको सेवा बन्द

कर्मचारीको शोकमा उपमहानगरपालिकाको सेवा बन्द

हेटौंडाः कर्मचारी निधनको शोकमा हेटौंडा उपमहानगरपालिकाको सेवा मंगलबार एकदिनका लागि बन्द गरिएको छ । उपमहानगरपालिकाको अमिनी पदमा कार्यरत बासुदेव चौधरीको हिजो साँझ निधन भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

चौधरीको निधनको शोकमा नगरपालिकाको नियमित कार्य एक दिनका लागि बन्द गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाईले जानकारी दिनु भयो । चौधरी थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सदस्य एवम् मानार्थ सदस्य समेत हुनुहुन्थ्यो ।

Exit mobile version