हेटौंडाः इटालियन मोटरसाइकल बेनेलीले दसैंको अवसरमा स्क्र्याच, गोल्ड क्वाइन तथा इटाली टुरको अफर ल्याएको छ । बेनेली बाइकको खरिदमा दोहोरो स्क्र्याच अफरसँगै गोल्ड क्वाइन र इटाली टुरको अफर ल्याएको हो । एउटा मोटरसाइकल खरिद गर्दा दुईपटकसम्म स्क्र्याच गर्न पाउने र एक पटकमा कम्तिमा ७ हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म उपहार प्राप्त गर्न सक्नेछ ।
लक्की ड्र मार्फत ३० जनालाई गोल्ड क्वाइन र बम्पर उपहारमा इटाली टुरको अफर ल्याइएको बेनेली मोटरसाइकलका लागि हेटौंडाको आधिकारिक विक्रेता शिवक्ष ईन्टरप्राइजेजका प्रोप्राइटर शरद कर्माचार्यले जानकारी दिनुभयो । हेटौंडाका युवा माझ बेनेली ब्राण्डका मोटरसाइकल लोकप्रिय बन्दै गएको उल्लेख गर्नुहुँदै प्रोप्राइटर कर्माचार्यले चाडपर्वको अवसरमा उपलब्ध अफरले थप बजार विस्तार हुने बताउनुभयो । हेटौंडा–४, अजरअमररोडस्थित बेनेली ब्राण्डका मोटरसाइकलको आधिकारिक विक्रेता शिवक्ष ईन्टरप्राइजेजमा २ लाख ३० हजार देखि ८ लाख ६० हजार मूल्य बराबरका ५ वटा मोडलका मोटरसाइकल विक्रीका लागि राखिएका छन् । बेनेलीका १ सय ३५ सीसीदेखि ३ सय सीसीसम्मका मोटरसाइकल हेटौंडास्थित आधिकारिक विक्रेतासँग रहेको छ ।