Home मुख्य समाचार कांग्रेसले तोक्यो गठबन्धनमा सहभागी हुने प्रदेश प्रतिनिधि

कांग्रेसले तोक्यो गठबन्धनमा सहभागी हुने प्रदेश प्रतिनिधि

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनका लागि ५ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट जिल्लास्तरीय गठबन्धमा सहभागी हुने प्रतिनिधि तोक्नुभएको छ । बानियाँले काठमाडौं, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र मकवानपुरका लागि २/२ जना प्रतिनिधि तोक्नु भएको छ भने प्रदेशका अन्य जिल्लामा एक एकजना प्रतिनिधि तोक्नुभएको छ ।

मकवानपुरका लागि लामाकार्पु तामाङ र तारा गुरुङ, काठमाडौंका लागि चन्द्र महर्जन र दीर्घमान श्रेष्ठ, काभ्रेपलान्चोकका लागि ऋषिराम घिमिरे र रमेशकुमार बखती तथा सिन्धुपाल्चोकका लागि जीवन डंगोल र अर्जुनप्रसाद न्यौपानेलाई प्रतिनिधि तोकिएको छ । यस्तै चितवनका लागि मोहन बस्नेत, रामेछापका लागि कञ्चनचन्द्र वादे, दोलखाका लागि राजु श्रेष्ठ, भक्तपुरका लागि निमा लामा, धादिङका लागि सन्तबहादुर प्रजा, रसुवाका लागि छिरिङ दोर्जे लामा, ललितपुरका लागि भद्रा पराजुली र नुवाकोटका लागि दिपेन्द्र आचार्यलाई प्रतिनिधि चयन गरिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी सूचित गर्नुभएको छ ।

Exit mobile version