Home मुख्य समाचार क्यूपेक नेपालको सातौँ अधिवेशन

क्यूपेक नेपालको सातौँ अधिवेशन

क्युपेक नेपाल मकवानपुरको अधिवेशन अघि निकालिएको प्रभातफेरी।

हेटौंडाः नेपाल बिजुलि, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)को सातौँ जिल्ला अधिवेशन शुक्रबार भएको छ । क्यूपेक नेपाल मकवानपुरले अधिवेशन अघि प्रभातफेरी निकालेको थियो ।

हेटौंडाको हुप्रचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारहुँदै हेटौंडा–५ स्थित पिप्ले पोखरा सामुदायिक वनको कार्यलयमा पुगेर अधिवेशन कार्यक्रममा परिणत भएको थियो । क्युपेक नेपाललका प्रतिनिधि नरनाथ लुईटेलको प्रमुख आतिथ्यता तथा नेपाल बिजुलि पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) मकवानपुरका अध्यक्ष प्रताप राईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्नेछ ।

Exit mobile version