Home मुख्य समाचार गैसस प्रदेश अध्यक्षमा मकवानपुरकी आरती पाठक निर्वाचित

गैसस प्रदेश अध्यक्षमा मकवानपुरकी आरती पाठक निर्वाचित

आरती पाठक

हेटौंडाः गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरकी आरती पाठक निर्वाचित हुनुभएको छ । बिहीबार हेटौंडामा सम्पन्न दोस्रो अधिवेशनबाट पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

प्रदेश समितिको उपाध्यक्षमा मकवानपुरकै कमलकुमार बिश्वकर्मा, सचिवमा नरेश कुमार श्रेष्ठ, सहसचिवमा मीनकुमार केसी र कोषाध्यक्षमा सुमित्रा चेपाङ चयन हुनुभएको छ । यस्तै अधिवेशनबाट सदस्यमा रिता मानन्धर, गणेश भण्डारी, अनिता नेपाली र देवकी पौड्याल चयन हुनुभएको छ ।

Exit mobile version