Home अर्थ/व्यापार हेटौंडाको दुईवटा किराना पसललाई कारबाही

हेटौंडाको दुईवटा किराना पसललाई कारबाही

सांकेतिक तस्विर ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजारको दुईवटा पसललाई कारबाही गरेको छ । चैत २० गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गरेको बजार अनुगमनमा आवश्यक कागजपत्र नदेखाएको भन्दै दुईवटा पसललाई कारबाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले हेटौंडा २ मा रहेको विनोद किराना पसललाई बिल बिजक जाी नगरेको भन्दै कारबाही गरेको छ । विनोद किराना पसललाई तोकिएको मूल्य सूचीभन्दा बढी मूल्य नलिन मौखिक निर्देशन दिएर १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, अनिवार्य रुपमा बिल बिजक राख्न प्रशासनले निर्देशन दिएको छ । त्यसैगरी, हेटौंडा २ को श्याम स्टोरलाई पनि प्रशासनले जरिवाना तिराएको छ । बिल बिजक जारी नगरेको र मागेका कागजपत्र नदेखाएको भन्दै प्रशासनले २० हजार रुपैयाँ जरिवाना गरेको छ । श्याम स्टोरलाई अनिवार्य रुपमा बिल बिजक राख्न र तोकिएको मूल्य सूचीभन्दा बढी मुल्य नलिन प्रशासनले निर्देशन दिएको छ । विनोद किराना पसल र श्याम स्टोरलाई जरिवाना रकम राजश्व खातामा जम्मा गर्न निर्देशन दिएको छ ।

अनुगमनमा एच.पि सप्लायर्स, सुमित्रा किराना स्टोर्सको अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । सहायक प्रजिअ गैह्रेको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधि र पत्रकारसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

Exit mobile version