Home मुख्य समाचार मकवानपुरमा बालविवाहका ५० घटना, ४४ वटा रोक्न सफल

मकवानपुरमा बालविवाहका ५० घटना, ४४ वटा रोक्न सफल

सिविन नेपाल मकवानपुरका अधिकृत झविन्द्र ज्ञवाली सन् २०२१ को प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ।

हेटौंडाः बाल हेल्पलाइन हेटौंडाले सन् २०२१ मा दर्ता भएका घटनाको विवरण सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर बाल हेल्पलाइन हेटौंडाले सन् २०२१ मा बालविवाहसम्बन्धी ५० वटा घटना भएको जनाएको छ । बाल हेल्पलाइन सञ्चालन गर्दै आएको सिविन नेपालका अधिकृत झविन्द्र ज्ञवालीले घटना विवरण प्रस्तुत गर्नुहुँदै ५० मध्ये ४४ वटा बालविवाह रोक्न सफल भएको बताउनुभयो ।

बालविवाहका घटनामा शारीरिक सम्बन्ध स्थापित भएपछि छुटाउन कठिन हुने गरेको ज्ञवालीको भनाइ छ । ११ जना बालबालिका हराएको भनी बाल हेल्पलाइनको १०९८ नम्बरमा सूचना प्राप्त भएको र सवै बालबालिका फेला परेको बताइएको छ । बिरामी परेका २३ जना बालबालिकालाई स्वास्थ्य उपचारमा सहयोग गरेको बाल हेल्पलाइनले बाल दूव्र्यव्हारका १६ घटना भएको उल्लेख गरेको छ ।

पारिवारिक द्वन्द्वमा ३ जना, श्रमशोषणमा ३ जना, लागूऔषध दूव्र्यसनमा २ जना र शारीरिक दण्ड सजायमा २ जना बालबालिका पीडित भएको सिविन हेटौंडाका अधिकृत झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । अभिभावक जिम्मेवार नहुँदा बालबालिकाको जन्मदर्ता हुन नसक्नु प्रमुख समस्याको रुपमा रहेको पनि ज्ञवालीको भनाइ छ ।

Exit mobile version