Home समाचार निजामती कर्मचारी संगठन मकवानपुरमा पौडेल

निजामती कर्मचारी संगठन मकवानपुरमा पौडेल

हेटौंडाः नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको ११ औं जिल्ला अधिवेशनबाट यादविन्द्र पौडेल अध्यक्ष चयन हुनुभएको छ । मंगलबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा हेम पाठक र मानकुमारी भट्टराई, सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा पदम ओझा तथा सहसचिवमा सम्झना शाही अर्यालसहित २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध मकवानपुरमा ५ सय ५ जना सदस्य छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय कमिटी अध्यक्ष केदारप्रसाद देवकोटा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, आधिकारिक ट्रेड युनियन मकवानपुरका अध्यक्ष एवम् संगठनका मकवानपुर ईन्चार्ज विष्णुप्रसाद अर्यालको पनि आतिथ्य रहेको थियो ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा बरुण कुमार साह, शम्भु तामाङ, उद्धव भट्टराई, मन्दिरा थापा, राजेन्द्र चौलागाई र फणिन्द्र तिमल्सिना चयन हुनुभएको छ । यस्तै प्रदेश प्रतिनिधिमा प्रतिमा सापकोटा, टेकनाथ काफ्ले, युवराज पौडेल, विष्णु ढुंगाना, अवधेश सिंह र काशिराज मैनाली चयन हुनुभएको छ ।

Exit mobile version