Home मुख्य समाचार विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, छात्रवृत्ति एवम् पुरस्कार वितरण

विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, छात्रवृत्ति एवम् पुरस्कार वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयले वडामा रहेका दुई विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । ज्ञानदा माध्यमिक विद्यालय र संस्कृत वेद विद्यालयका विद्यार्थीलाई मंगलबार सहयोग गरेको हो ।

करिव २ लाख २६ हजार रुपैयाँको स्वेटर, पोशाक, जुत्ता र एक लाख रुपैयाँको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष कितापसिं लामाको सभाध्यक्षता तथा विद्यालयका पूर्व अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

यसैगरी शैक्षिक सत्र २०७७ अन्तर्गत ज्ञानदा माविले नेपाल सरकारबाट प्राप्त गरेको ४४ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । ईसिडिदेखि कक्षा १० सम्मका कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रसाद नेपाल, वडा सदस्य धर्म बस्नेत, साधना श्रेष्ठ, उमा सुनुवार र प्रधानाध्यापक रमेश सुवेदी लगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

Exit mobile version