Home मुख्य समाचार उपमहानगरका शिक्षकका लागि तालिम हुन सकेन

उपमहानगरका शिक्षकका लागि तालिम हुन सकेन

गुगल तस्बिर

हेटौंडाः कोरोना भाइरस संक्रमणका कारण चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको शिक्षक क्षमता अभिवृद्वि तालिम हुनसकेको छैन । माघ मसान्तसम्म गर्नुपर्ने तालिम विद्यालय बन्द भएसँगै हुन नसकेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुुख गंगाधर रिमालले बताउनुभयो ।

विद्यालय लेखा व्यवस्थापन तालिम, विषयगत तालिम र बालविकास सहयोगी कार्यकर्ता तालिम माघ महिनामा गर्ने निर्णय गरिएको रिमालले जानकारी दिनुभयो । उपमहानगरपालिकाको आन्तरिक स्रोतअन्तर्र्गत् विद्यालय लेखा व्यवस्थापन तालिमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपमहानगरका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । यसैगरी विषयगत तालिमका लागि ३ लाख रुपैयाँ र बालविकास सहयोगी तालिमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अहिले कोरोना महामारीका कारण हुन नसकेको तालिम चालु आर्थिक वर्ष (असार मसान्त) भित्र गरिने महाशाखा प्रमुख रिमालले बताउनुभयो । शैक्षिक विकास लागि शिक्षकलाई उपमहानगरले तालिम दिँदै आइरहेको छ ।

Exit mobile version