Home अर्थ/व्यापार दिव्यताराको लगानी ९१ करोड ३२ लाख रुपैयाँ

दिव्यताराको लगानी ९१ करोड ३२ लाख रुपैयाँ

साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष महालक्ष्मी उपाध्याय 'डिना'।

हेटौंडाः हेटौंडा–२, पल्पसारोडस्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

सहकारीकी अध्यक्ष उपाध्यायले दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरको अग्रस्थानमा रहँदै अब बागमती प्रदेशकै अग्रणी सहकारीको रुपमा स्थापित हुने बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ७ सय ८६ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले ५१ करोड ४२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

सामुदायिक रेडियो समेत सञ्चालन गरिरहेको सहकारीले खाद्य तथा तेल उद्योग, सहकारी उपभोक्ता पसल, साबुन उद्योग, गोलभेँडा प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीले हेटौंडा–२ स्थित मुख्यालयसहित जिल्लाभित्र १० वटा र ललितपुरको बागडोल तथा चितवनको भरतपुर–१०, चौबीसकोठीमा पनि सेवा केन्द्र सञ्चालन गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।

Exit mobile version