Home मुख्य समाचार नेकपा समाजवादी बागमती समितिको प्रथम बैठक हेटौंडामा सुरु

नेकपा समाजवादी बागमती समितिको प्रथम बैठक हेटौंडामा सुरु


हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बागमती प्रदेश समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण शनिबार हेटौंडामा सुरु भएको छ । नेकपा समाजवादी बागमती प्रदेशको ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाका सभाध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा प्रथम बैठक सुरु भएको छ ।

आज बसेको पार्टीको प्रथम बैठकले प्रदेशको कार्यसमिति चयन गर्नेछ । कार्यक्रममा नेकपा समाजवादीका केन्द्रिय प्रवक्ता मान बहादुर तामाङ लगायत विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

Exit mobile version