Home मुख्य समाचार सहमहामन्त्रीमा मकवानपुरकी डीना विजयी

सहमहामन्त्रीमा मकवानपुरकी डीना विजयी

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ विजयी हुनुभएको छ ।

महिला कोटाको सहमहामन्त्रीमा डीनाले शेरबहादुर प्यानलबाट विजयी हुँदा कमला पन्तलाई पराजित गर्नुभएको हो । बिहीबार साँझ सकिएको मतगणनाअनुसार डीनाले २ हजार ५ सय ३३ मत प्राप्त गर्नुभयो । उहाँसँग प्रतिस्पर्धी रहनुभएकी पन्तले २ हजार १ सय ५ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । पदाधिकारीपछि सदस्यको मतगणना हुने बताइएको छ ।

Exit mobile version