Home मुख्य समाचार मकवानपुरमा कांग्रेसको प्रदेश सभा क्षेत्रको निर्वाचन सकियो, मतणना सुरु हुँदै

मकवानपुरमा कांग्रेसको प्रदेश सभा क्षेत्रको निर्वाचन सकियो, मतणना सुरु हुँदै

हेटौंडा–५ जय गणेश पार्टी प्यालेसमा भएको प्रदेश सभा क्षेत्र नम्बर १ खको निर्वाचनमा सहभागि कांग्रेसका नेता तथा कार्यकर्ताहरु ।

हेटौंडाः मकवानपुरको ४ वटै प्रदेश सभा क्षेत्रमा भएको कांग्रेसको निर्वाचन सकिएको छ । मतदान सकिएसँगै अबको केहीबेरमा मतगणना सुरु गर्ने तयारी भएको छ । ४ वटा प्रदेश सभा क्षेत्रमध्ये प्रदेश सभा क्षेत्र नम्बर १ को के सभापतिमा सुशान्त श्रेष्ठसहितको पदाधिकारीहरु निर्विरोध भएका छन् ।

यस्तै प्रदेश सभा १ को ख मा सभापतिको लागि राजेश बानियाँ र रमेशध्वज कार्कीको प्यानलबिच प्रतिस्पर्धा भएको छ । प्रदेश सभा १ को ख मा दलित प्रतिनिधि तर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टराई निर्विरोध चयन भएका छन् । अन्य सभापति, उपसभापति लगायतको पदमा मतदान भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले बताउनुभयो । उहाँले मतगणना सुरु गर्न लागेको जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ को क मा पनि मतदान सकिएको छ । प्रदेश सभा २ को कमा महिला प्रदेश प्रतिनिधि, दलित प्रतिनिधि र अन्य प्रतिनिधितर्फको उम्मेदवारहरु निर्विरोध भएका छन् भने सभापति, उपसभापति लगायतको पदमा मतदान भएको थियो ।

Exit mobile version