Home मुख्य समाचार बागमती प्रदेशको पत्रकारलाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तामिल सुरु

बागमती प्रदेशको पत्रकारलाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तामिल सुरु


हेटौंडाः धादिङ जिल्लाको बैरनीमा बागमती प्रदेशको पत्रकारको लागि मल्टिमिडियता तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । ५ दिने आवासीय तालिमको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले आज उद्घाटन गर्नुभयो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको व्यवस्थापनमा तालिम भइरहेको छ ।

तालिममा २० जना सहभागि छन् । तालिममा मकवानपुर जिल्लाबाट समृद्ध समाज राष्ट्रिय दैनिकमा आबद्ध रन्जन पौडलसहित ४ जना सहभागि छन् । मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिममा विकास कार्की र विजय गजमेर प्रशिक्षक रहनुभएको छ । तालिममा प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटको पनि उपस्थिति रहेको छ ।

Exit mobile version