Home मुख्य समाचार राक्सिराङमा बढी भाडा नियन्त्रण गर्न उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन

राक्सिराङमा बढी भाडा नियन्त्रण गर्न उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन

राक्सिराङ गाउँपालिका कार्यालय


हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा अटो, बस, बोलेरो लगायत सवारी साधानले बढी भाडा लिएको गुनासो गाउँपालिकामा आएपछि गाउँपालिकाले चासो देखाएको छ । बिहीबार गाउँपालिमा सबै वडाका वडाअध्यक्ष, सबै पार्टीको पालिकास्तरिय प्रतिनिधि, उपभोक्ता, नागरिक समाजसहितको उपस्थितिमा बढी भाडा लिएको विषयमा छलफल भएको थियो । छलफलले बढी भाडा लिएको नियन्त्रण गर्न तथा आवश्यकता अनुसार सवारी भाडादर तोक्न गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा कार्यदलनै गठन गरेको छ ।

कार्यदलमा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, पालिका स्तरिय सबै पार्टी प्रमुख, अटो, बस व्यवसायी मध्येबाट ३ जना, उपभोक्ताबाट ३ जना सदस्य रहने गरी कार्यदल गठन भएको राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गत्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा रहेको कार्यदलले आआफ्नो भूगोल, दुरी, प्रचलित इन्धनको मुल्य लगायतको अध्ययन गरेर एक हप्ताभित्र कार्यदलमा भाडादर पेश गर्नेछ । कार्यदलमा सोही भाडादरबारे छलफल गरेर तोक्ने भएको हो । अहिले मनहरीदेखि चैनपुरसम्म अटोेले १५० रुपैयाँ भाडा लिदै आएको छ भने बसले राक्सिराङसम्म ५ सयसम्म भाँडा लिने गरेको पाइएको छ ।

Exit mobile version