Home मुख्य समाचार बागमती प्रदेश सभामा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको रुपमा सहभागि हुँदै

बागमती प्रदेश सभामा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको रुपमा सहभागि हुँदै

हेटौंडाः बागमती प्रदेश सभामा नेकपा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको भूमिकामा उपस्थित हुने भएको छ । साढे ३ वर्षभन्दा बढी सत्तामा रहेको एमाले पहिलो पटक प्रदेश सभामा प्रतिपक्ष दलको हैसियतमा उपस्थित हुने एमालेको प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

आज दिउँसो ३ बजे बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले बोलेसँगै मत विभाजन हुने तयारी छ । नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने छैन । एमाले बागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले मतविभाजनमा एमाले सहभागि भएपनि पाण्डेलाई मत नदिने बताउनुभयो ।

प्रदेश सभा बस्नु अघि दिउँसो १ बजे एमालेको संसदीय दलको बैठक बस्नेछ । पहिलो पटक एमाले प्रमुख प्रतिपक्षको भूमिकामा आएकाले एमाले संसदीय नम्स अनुसार अघि बढ्ने प्रमुख सचेतक निरौलाले बताउनुभयो । प्रतिपक्षको भूमिका सत्तापक्षको भन्दा फरक हुने भएकोले त्यसबारे प्रष्ट पार्न दलको बैठक राखिएको समेत प्रमुख सचेतक निरौलाले बताउनुभयो ।

Exit mobile version