Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडाः सत्ता गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपाल (जसपाको) समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ । एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई तथा जसपाको एक सिट छ ।

Exit mobile version