Home मुख्य समाचार मनहरीमा ट्याक्टर व्यवसाय व्यवस्थित गर्न माग

मनहरीमा ट्याक्टर व्यवसाय व्यवस्थित गर्न माग

हेटौंडाः मकवानपुरको मनहरीमा गाउँपालिका प्रमुख एकराज उप्रेतीलाई मनहरीमा चल्ने ट्याक्टर व्यवसाय व्यवस्थित गर्न ट्याक्टर व्यवसायी संघ मनहरीले आग्रह गरेको छ । मनहरीको पश्चिम क्षेत्रमा धेरै बसोबास गर्ने बासिन्दाको रोजीरोटी ट्याक्टर व्यवसायमा निर्भर रहेकोले तथा विभिन्न निकायहरुले ट्याक्टर व्यवसायलाई अवैधानिक भन्दै आएकोले वैधानिक बनाउन व्यसायीहरुले आग्रह गरेका हुन् ।

विशेष गरेर मध्यवर्ती निकुञ्जका सेनाहरुले नदीको ढुंगा, गिटी, बालुवा उत्खनन तथा ओसारपसारमा व्यवसायीलाई अवरोध गर्दै आएपछि व्यवसायीहरु आतकिंत भएका छन् । व्यवसायीहरुले सेनाको ज्यादती बन्द गर्नुपर्ने बताएका छन् । मनहरीमा ढुंगा, गिटी बालुवा ओसार पसार गर्न आइइ स्वीकृतको समयअवधि सकिएकोले समस्या देखापरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । मनहरीमा करिब ७ सय ट्याक्टर व्यवसायमा छन् ।

ट्याक्टर व्यवसायमा करिब ३ हजार माथि संलग्न रहेको भन्दै उनीहरुलाई ढुंगा, बालुवा लिन बगरमा जाँदा निकुञ्जले दुः ख दिँदै आएको जानकारी आएको उहाँले बताउनुभयो । यसबारे विस्तुत छलफल सोमबार हुने भएको छ । निकुञ्जको वार्डेन, प्रमुख जिल्ला अधिकारी र व्यवसायीको उपस्थितिमा सोमबार छलफल हुने तय भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

Exit mobile version