Home कला ७३ मतसहित डीबी बर्तौला सचिवमा विजयी

७३ मतसहित डीबी बर्तौला सचिवमा विजयी

डीबी बर्तौला

हेटौंडाः साहित्य संमग मकवानपुरको १५ औं अधिवेशनमा सचिव पदमा भएको निर्वाचनमा डिबी बर्तौला विजयी हुनुभएको छ । शनिबार भएको अधिवेशनमा सचिव पदमा बतौंलासहित रमेश बन्जाराले पनि उम्मेदबारी दर्ता भएपछि सचिव पदमा निर्वाचन भएको थियो ।

निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी रमेश बन्जारालाई भारी मतले पराजित गर्नुहुँदै बर्तौला सचिव पदमा निर्वाचित हुनुभएको हो । साहित्य संगम मकवानपुरमा २ सय २२ साधारण सदस्य रहेकामा ८३ जनाले मात्र मतदान गरेका थिए । १ मत बदर भएर ८२ मतमात्र मान्य हुँदा विजयी बर्तौलाको पक्षमा ७३ मत खसेको थियो भने प्रतिद्धन्द्धी बन्जाराको पक्षमा ९ मत मात्र खसेको थियो ।

साहित्य संगम मकवानपुरको सचिव पदबाहेक अरु पदका पदाधिकारीहरु भने सर्वसम्मत रुपमा चयन भएका छन् ।

Exit mobile version