Home मुख्य समाचार बागमती प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

बागमती प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

हेटौंडाः बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीयाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बार्षिक प्रतिवेदन शुक्रबार बुझाउनुभएको गर्नुभएको छ । गत आर्थिक वर्ष ७७/७८ मा मुख्यन्यायधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको हो ।
कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिबादी भई दायर भएका मुद्दा मामीलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामीलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष ०७७/७८ मा सर्वोच्च अदालतमा ६१ थान, उच्च अदालत पाटनमा ९ थान, सिन्धुली जिल्ला अदालतमा १ थान, चितवन जिल्ला अदालतमा १ थान र प्रशासकीय अदालत काठमाण्डौंमा २ थान गरी गरी जम्मा ७४ थान मुद्दा रहेका छन् भने मुद्दामा सफलताको स्थिति ७७ प्रतिशत सफल रहेको उहाँले बताउनुभयो । कार्यालयमा विभिन्न मन्त्रालय तथा कार्यालयहरुबाट ७ वटा कानूनी राय तथा सुझावहरु माग गरिएकोमा सोको जवाफ लेखि पठाईएको थियो । उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यलाई शुक्रबार नै हस्तान्त्ररण गर्नुभएका थियो ।

Exit mobile version