हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज ६२ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । ३२ जना महिला र ३० जना पुरुष गरी ६२ जनाको स्वाब नमुना सङ्कलन गरेर कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यसअघि स्वाब सङ्कलन गराउन आउनेमा पुरुषको सङ्ख्या बढी हुनेमा बिहीबार महिलाको सङ्ख्या बढी भएको चौलागाईले बताउनुभयो । आज बिहीबार स्वाब सङ्कलन गराउनेहरुको कोरोना परिक्षणको रिपोर्ट भोली शुक्रबार दिउँसो आउने पनि उहाँले बताउनुभयो ।
