Home कला ‘हरियाली वातावरण’

‘हरियाली वातावरण’

लिजा विष्ट कक्षा स् ६ ग, नवोदय शिशु सदन

हरियो हावा पवित्र पानी प्रकृति बिरानो
दैवको देन यो जुनी हाम्रो साँचैनै चिनो हो

रहर रमने फुरुक्क परी प्रकृति काखमा
प्रफूल्ल मन लोभिने दृश्य सजाए आखाँमा

सूर्यको तिखो प्रकाशसँगै कर्मको उदय
सपना मेरा पवनसँगै क्षितिज छुँदैछ

पङख नै खोली आकाश माथि उडान भर्नेछु
साथनै पाए मनमा सबको खुशी है छर्नेछु

हिमाल हाँस्ने उमङ्ग जाग्ने पिर नै भुलेको
पहाड अनि तराई पनि भूगोल मिलेको

Exit mobile version