Home मुख्य समाचार बागमती प्रदेशको चालू खर्च ८०.८५ प्रतिशत हुन्छः आर्थिक मामिला मन्त्री ढुंगेल

बागमती प्रदेशको चालू खर्च ८०.८५ प्रतिशत हुन्छः आर्थिक मामिला मन्त्री ढुंगेल

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल

हेटौंडाः बागमती प्रदेशको शुक्रबार बसेको तेस्रो बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सांसदहरुले राजश्व आया र व्ययको छलफलमा उठेको प्रश्नको जवाफ दिनुभएको छ ।

उहाँले प्रदेश सरकारले अनुमान गरेको आय र व्यय दुवै यथार्थपरक भएको बताउनुभएको छ । उहाँले ५१ प्रतिशत आय भइसकेको भन्दै चालु वर्षको चैत्र मसान्त सम्म ३२. ७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । मन्त्री ढुंगेलले असार मसान्तसम्म ८०.८५ प्रतिशत बजेट खर्च हुने बताउनुभयो । यस्तै विपद् व्यवस्थापनको लागि आवश्यक बजेट छुट्टाएको र कोभिडको कारण पर्यटन, उद्योग, सवारी लगायतको क्षेत्रमा आवश्यक छुट दिएको बताउनुभयो ।

मन्त्री बस्नेतले बागमती प्रदेशको संचार माध्यमलाई संघ सरकारले जस्तै सोही अनुसारको करमा छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती प्रदेश सभाको अर्को बैठक शनिबार बिहान साढे ११ बजे बस्नेछ ।

Exit mobile version